जनैपूर्णिमा र रक्षाबन्धनको रौनक

आज जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन पर्व मनाईंदैछ।

उक्त पर्वका अवसरमा काठमाडौंस्थित पुशपतिनाथ मन्दिरमा पनि आज भक्तजनको घुइँचो लागेको छ।

जनै पूर्णिमामा वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले हातमा डोरो बाँधिदिने चलन छ।

आज तागाधारीले जनै फेर्ने चलन छ। जनै लगाउँदा ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।

आज तराई जिल्लामा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ।

जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा पशुपतिनाथ मन्दिरमा देखिएका केही दृश्यः

source nepalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *