रौतहटमा डुंगा दुर्घटना बेपत्ता पाँचमध्ये दुई जनाको शव भेटियो

Image result for रौतहटमा डुंगा दुर्घटना बेपत्ता पाँचमध्ये दुई जनाको शव भेटियो

रौतहटको लालबकैया नदीमा शनिबार डुंगा डुब्दा बेपत्ता भएकामध्ये आइतबार दुई जनाको शव भेटिएको छ।

नदीमा बेपत्तामध्ये २१ जनाको यसअघि नै उद्धार भइसकेको छ।

रौतहटको एसपी केदार ढकालका अनुसार जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ३ की करिब ४० वर्षीया रेणु कुर्मीको शव फेला परेको हो।

उनको शव सीमा क्षेत्रभन्दा १० किलोमिटर दक्षिण भारतको पडरिया भन्ने ठाउँमा भेटिएको उनले बताए।

अर्का एक जनाको पनि शव भेटिएको तर, पुष्टि भइनसकेको एसपी ढकालले नेपालखबरलाई बताए। घटनास्थलमै रहेका उनले भने,‘अर्काे पनि एउटा शव भेटिएको खबर आएको छ तर, त्यसको एकिन भइसकेको छैन, टोली खटिँदै छ। केहीबेरमा जानकारी आउला।’

उनका अनुसार अब तीन जना भेटिन बाँकी छ। बेपत्ताहरूको खोजीमा बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस लगायतको टोली खटिएका छन्।

रौतहटको गौर नगरपालिका ४ स्थित लालबकैया नदीको टिकुलिया घाटबाट शनिबार साँझ डुंगा बगाएको थियो।

source nepalkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *