भारतको टेष्ट टिममा १८ वर्षीय पृथ्वी शा

Image result for भारतको टेष्ट टिममा १८ वर्षीय पृथ्वी शा

७ भदौ, काठमाडौं । भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ ।

उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् ।

भ्रमणकारी टोली भारतले तेस्रो टेष्ट २०३ रनको फराकिलो अन्तरले जितेको थियो । पाँच म्याचको सिरिजमा इंग्ल्याण्ड २-१ ले अगाडि छ ।

चौथो टेष्ट साउथहृयाम्पटनमा ३० अगष्टबाट हुनेछ ।

भारतको टेष्ट टिममा स्थान बनाएका ओपनर शाह यू-१९ टिमका कप्तान हुन् । उनले १४ फस्ट क्लास क्रिकेटमा सात शतक बनाएका छन् । उनले वेष्टइण्डिजविरुद्ध १८८ रनको पारी खेलेका थिए ।

source onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *