आफुलाई आफैं ‘कुरुप’ किन लाग्छ ? यस्तो छ मनोविद्को जवाफ

Image result for self feeling ugly

२८ वषिर्य दिपा पुन (नाम परिवर्तन) जसलाई आˆनो नाक बाङ्गो छ भन्ने कुराले औडाह भएको रहेछ । सानो छँदा लडेर नाकमा चोट लागेको थियो । त्यही कारण नाक बाङ्गो छ भन्ने पिरोलो छ, उनलाई ।

कतिसम्म भने, कसैको सामुन्ने उँभिदा आफु ‘नराम्री’ भएको मनोदसाले उनको आत्मबल धर्मराउँछ । उनी सकेसम्म अरुको अगाडि देखापर्न चाहन्न । कसैले नियालेर हेर्‍यो भने, उनलाई त्यसै-त्यसै अप्ठ्यारो लाग्छ । आत्माग्लानीले उनी नराम्ररी गल्ने गर्छिन् ।

वितेको १६ बर्षदेखि उनको मनमा यही कुराले डेरा जमाएको छ । उनलाई लाग्छ, ‘म राम्री छैन ।’

यसको साइड इफेक्ट के देखिएको छ भने, चक्कर लाग्ने, डर लाग्ने, चिन्ता लाग्ने, छटपटी हुने, निरास हुने, मनमा आत्महत्याको सोच आउने, रुन मन लाग्ने, मुटु ढुकढुक हुने, टाउको दुख्ने जस्ता थप समस्या पनि उनमा देखिएका छन् ।

ललितपुरका २० वषिर्य कृष्ण श्रेष्ठ (नाम परिवर्तन)लाई हरक्षण सताइरहने एउटै कुरा छ, ‘म कुरुप छु ।’ यही कारण उनी साथीभाईसँग घुलमिल भएनन् । खुला रुपमा हिँडडुल गरेनन् । कोठाभित्रै थुनिएर बसे ।

अनुहारमा डन्डिफोर आएर त्यसको दाग नमेटिएपछि उनको मनमा यस्तो भाव पैदा भएको हो ।

२५ वषिर्य पवन शर्मा (नाम परिवर्तन) जो स्नातकोत्तर पढ्दैछन्, उनलाई आफ्नो ज्यान पातलो भएकोमा तनाव छ । मोटाउका लागि उनले अनेक यत्न गरे तर सफल भएन । अस्वभाविक पातलो ज्यान भएकै कारण अरुको सामुन्ने आफुलाई निर्धो र कमजोर देखिने भयले उनलाई गाँजेको छ ।

सत्य कुरा भनौं, न दीपाको नाक उनले सोचेजस्तो असुहाउँदिलो बाङ्गो छ । न कृष्णको अनुहार कुरुप छ । न त पवनको ज्यान नै उराठलाग्दो छ । उनीहरु सबै सामान्य छन् । मानविय आकर्षण उनीहरुमा पनि छ ।

केवल मानसिक विकार

म शारीरिक रुपमा सुन्दर तथा आकर्षक छैन । शारीरिक वनावट राम्रो छैन । म सधै नराम्रो नै देखिन्छु । मेरो शरिरको भाग बाङ्गो छ, बिग्रेको छ, मिलेको छैन, म राम्रो देखिदैन भन्ने महसुस हुन्छ वा शरिरको कुनै भागमा भएको सामान्य खराबीलाई लिएर वास्तविक भन्दा निकै कुरुप छु भन्ठान्ने गुर्नुहुन्छ भने त्यो एक प्रकारको मानसिक रोग हो ।

जसलाई शारीरिक कुरुपता विकार (बडि डिस्मोफिर्क डिसअर्डर) भनिन्छ । यो रोग लागेकाहरु आफु र आˆनो शारीरिक अंगप्रति ज्यादै संम्वेदनशिल हुने गर्दछन् । शरिरमा सामान्य घाउ, दाग आयो भने पनि त्यसलाई ठुलो सम्भिmने, आˆनो शारीरिक रुपलाई लिएर लज्जाबोध गर्ने गर्छन ।

नाक बाङ्गो, चुच्चो, ठुलो छ, आँखा साना छन, ओठ मिलेका छैनन् । शरिरमा रौ नै रौ छ, कपाल राम्रो छैन, कपाल झरेको छ, पातलो छ, छालामा नसै नसा छन्, स्तन सानो वा ठुलो छ, होची र मोटी छु भन्ने जस्ता भावना केटीहरुमा आउने गर्छ ।

पुरुषहरु भने मासंपेशीको बनावट र आकारलाई लिएर, चिन्ता व्यक्त गर्दछन् । प्राय ः १५ देखि ३० वर्षको उमेरमा यो समस्या देखिने गर्छ । पुरुषभन्दा महिलाहरुमा यो समस्या बढी देखिन्छ ।

अविवाहितको मनोरोग

प्राय : अविवाहितमा यो समस्या देखिन्छ । किशोरावस्थामा पुगेपछि विशेषगरी किशोर किशोरीहरु आˆनो शरिर र शारीरिक परिवर्तनप्रति बढी नै संम्वेदनशिल हुन्छन् । शारीरिक कारणले अरुबाट अपहेलित वा लज्जित हुनु पर्ला कि भन्ने चिन्ताले उनीहरुलाई सताउने गर्छ । आफ्नो शरीरप्रति बढी नै संम्वेदनशिल हुँदा वा चासो राख्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

यो रोग लागेकाहरु आफुलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने तरिकाको खोजीमा तल्लीन रहन्छन् । बढी मेकअफ गर्ने, कपालको कलर र स्टाइल परिवर्तन गरिरहने, गेटअपको माध्यमद्धारा आफु सुन्दर हुने प्रयास गर्ने म कस्तो दखिएको छु भनेर बारम्बार अरुलाई सोध्ने, कपडा बारम्बार बदल्ने, शरिर मोटो भो भनेर भाकै बस्ने वा अति शारीरिक व्यायाम गर्ने, बारम्बार ऐना हेर्ने, आफु मोटो वा पातलो भएकोमा चिन्ता गर्ने, आफुमा केही न केही कमी भएकाृे महसुस गर्ने, अरुले राम्रो देखिएको छ, सुन्दर छौ भन्दा पनि विश्वास नगर्ने जस्ता व्यवहारहरु देखाउने गर्दछन ।

उनीहरुलाई सधै अरुले उसको शारीरिक वनावटको बारेमा टिका टिप्पणी गरिरहेको मजाक उडाइरहेको जस्तो लाग्छ । अरु जस्तो आफु छ छैन भनेर अरुसँग तुलना गर्ने गर्दछन् । आफुलाई अरुले स्वीकार गरुन भन्ने चाहना उनीहरु गर्दछन् ।

यो रोगसँग अरु मानसिक स्वास्थ्य समस्या पनि जोडिएर आउँछ । यो समस्याबाट प्रभावित झन्डै ९० प्रतिशत व्यक्तिहरु आफ्नो जीवनकालमा डिप्रेसनबाट प्रभावित हुने गरेका छन् भने झन्डै ७० प्रतिशतले डर, चिन्ताको समस्या (एन्जाइटी)को अनुभुति गर्ने गर्दछन् । यो रोगबाट प्रभावित हुने हुनेहरुले आत्महत्याको प्रयास गर्ने, नसा तथा लागुपदार्थको सेवन गर्ने, खाना सम्बन्धी समस्या देखिने, विचार र व्यवहार पटक पटक दोहोरीने समस्या (ओ.सी.डी.) पनि देखिन सक्छ ।

किन यस्तो विकार पैदा हुन्छ ?

यो रोग लाग्नु पछाडि यही कारण हो भनेर किटान गर्न सकिदैन । तर, पनि वंशाणुगत, वातावरण, संस्कृति, वाल्यकालको दुव्र्यवहार, शोषण, तनाव, डर, मस्तिष्कको संचरनामा आएको परिवर्तन, मस्तिष्कमा रासायनिक तत्वको प्रभाव आदि कारणले यो रोग लाग्न सक्छ । पछिल्लो समय धेरै सेल्फी खिच्ने र सोसियल मिडियामा हाल्ने जस्ता व्यवहारले पनि यो रोग बढ्दै गएको देखिन्छ ।

केटाकेटीहरु तथा किशोरकिशोरीहरुलाई मोटे मोटी, काले काली, नेप्टे नेप्टी, डल्ले डल्ली, घोडानाके, ओठे आदि जस्ता नामले बोलाउने जिस्काउने जस्ता व्यवहार गर्दा उनीहरुको मस्तिष्कमा यही कुराको छाप पर्न जान्छ । जसले गर्दा उनीहरु आˆनो शरिरको भागलाई लिएर बढी संम्वेदनशिल हुने, सोच्ने र चिन्ता गर्ने गर्दछन् । विस्तारै यो रोगको रुपमा विकास हुन्छ । महिलाहरुको शरिरको सुन्दरतालाई बढी महत्व दिने कारणले गर्दा पनि यो रोग महिलाहरुमा बढी लाग्ने गर्छ ।

धेरैलाई यस्तो पनि रोग हुन्छ र आफुलाई यो रोग लागेको हो भन्ने थाहा नहुन पनि सक्छ । तर, घरपरिवारका सदस्यहरुले उसको असामान्य व्यवहारलाई पहिचान गर्न सक्छन् ।

आफ्नो शरिरिक सुन्दरताको लागि धेरै खर्च गर्ने, साथीभाई घरपरिवारका सदस्यहरुसँग पनि टाढा हुने, पढाई काम छोड्ने जस्ता व्यवहारले उनीहरुको व्यक्रिगत, सामाजिक, व्यवसायिक जीवनमा असर पुर्‍याउछ । शरिरको भागलाई सुन्दर बनाउन कस्मेटिक वा प्लास्टिक सर्जरी गर्न समेत पुग्र्छन । तर, यो त्यति प्रभावकारी हुदैन ।

यसले पनि म राम्रो छैन भन्ने उनीहरुको सोचलाई नहटाउन सक्छ । यो रोगमा मनोपरामर्श, साईकोेथेरापीका विधिहरु प्रभावकारी छन् । कतिपय अवस्थामा औषधीको पनि आवश्यकता पर्न सक्छ । यो रोग लागेकाहरुमा आउने सोचाई वास्तविक होइन यस्तो सोच आउनु रोगकै लक्षण हो भन्ने कुरा बझाउन आवश्यक छ । यो रोग लागेपछि घरपरिवारको भुमिका पनि महत्वपुर्ण हुन्छ ।

source onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *